
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहायक डिनमा डा.शेषानन्द संजेललाई नियुक्त गरेको छ। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले उनलाई सहायक डिन नियुक्त गरेका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पब्लिक हेल्थ संकाय अन्तर्गतका कार्यक्रमहरुको नियमित संचालन तथा व्यवस्थापन गर्नका निम्ति ३ वर्षको लागि स्कुल अफ पब्लिक हेल्थ संकायको सहायक डीन पदमा संजेललााई नियुक्त गरेको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले जानकारी दिनुभयो ।




हाम्रो कर्णाली । २९ मंसिर २०८०, शुक्रबार ०९:१८