


पूर्ण चौलागाईँ जुम्ला।
सहकारी क्षेत्रमा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था अब्बल बन्दै गएको छ । आज सो संस्थाले आफ्नो १३ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।


सहकारीले दुई अर्व ७७ करोड ४३ लाख ८ हजार ७८७ रकम परिचालन गरेको छ । शेयर तथा बचत सदस्यको आयआर्जन बृद्धि गर्नका लागि सहकारी संस्थाले कर्जा लगानी गरेको हो । संस्थाले एक अर्व ७४ करोड ११ लाख ७० हजार ४०९ रुपियाँ कर्जा असुली गरेको जनाएको छ । ३३ करोड ६२ लाख ६७ हजार ३७८ रुपियाँ कर्जा असुरी गर्न बाँकी रहेको छ ।
संस्थाको २२ हजार ६८४ सदस्य संख्या रहेको विहिबार सम्पन्न १३ औँ बार्षिक साधारण सभामा सार्वजनिक गरिएको हो । ४ करोड १० लाख ४८ हजार २१२ रुपियाँ संस्थाको शेयर पुजी रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाका व्यवस्थापक ऋषिराम पाण्डेले बताए । उनले भने बचत रकम २३ करोड ६८ लाख १८ हजार ७३१ रुपियाँ रहेको छ ।
एक लाख १३ हजार ७२४ रुपियाँको सहकारी प्रवर्धन कोष, एक लाख ३१ हजार २८५ रुपियाँको सदस्य सहयोग कोष र ७५ हजार १२२ रुपियाँ १० पैसाको कर्मचारी कल्याण कोष रहेको सहकारी संस्थाले जनाएको छ ।
दुई लाख ४६ हजार ४२६ रुपियाँ ५० पैसाको कर्जा जोखिम कोष, ८६ लाख ९ हजार ५९२ रुपियाँ ४९ पैसाको डुवन्ते ऋण कोष र ६० लाख ४६ हजार ५८० रुपियाँको साधारण जगेडा कोष रहेको जनाएको छ ।
यस्तै तीन लाख ५ हजार ३६८ रुपियाँ ६६ पैसाको कर्मचारी बोनस कोष, १७ लाख ३६ हजार ७५२ रुपियाँको घाटा पूर्ति कोष र १२ लाख ६७ हजार ३३ रुपियाँ ७४ पैसाको सहकारी विकास कोष रहेको संस्थाका कोषाध्यक्ष विष्णुमाया बुढाले बताइन् ।
उनले भनिन् एक लाख ७ हजार १९० रुपियाँ ७८ पैसाको सहकारी शिक्षा कोष, २७ लाख २ हजार ७६७ रुपियाँ ९७ पैसाको संरक्षित पुजि फिर्ता कोष र ९१ लाख ४० हजार ७६१ रुपियाँको शेयर लाभांश कोष रहेको छ ।
६६ हजार ६८२ रुपियाँ महिला आर्यआर्जन कोष, १२ लाख किर्डाक नेपाल विउ पुजी कोष र २ लाख ९६ हजार ६४२ रुपियाँको सामुदायिक विकास कोष रहेको जनाएको छ ।
मिनिमार्कटबाट २६ लाख बढी आम्दानी
चन्दननाथ बहुउद्देश्यी सहकारी संस्था जुम्लाले जुम्ला र सुर्खेतमा रैथाने कृषि जन्य उत्पादन मिनि मार्केटमार्फत विक्री वितरण गर्दै आएको छ ।
यसै मार्केटबाट मात्रै सहकारीले २६ लाख १९ हजार ७५७ रुपियाँ आम्दानी गरेको छ । सहकारीले गत आर्थिक वर्ष कृषि तथा पशु जन्य बस्तु खरिदमा ८५ लाख २९ हजार ६१९ रुपियाँ लगानी गरेको थियो ।
२०३१ सालमा दर्ता भएको सहकारीले कर्णाली प्रदेशका ७ जिल्लामा सेवा विस्तार गरेको संस्थाका अध्यक्ष चक्रबहादुर शाहीले बताए । उनले भने जुम्ला जिल्लामा १० सहित कर्णाली प्रदेशमा २९ वटा सेवा केन्द्र मार्फत सहकारी लघुवित्तका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।



