जुम्लाको बड्कीमा दलित मानव अधिकार सचेतना

जुम्ला ,९ असोज ः जुम्लाको हिमा गाउँपालिका – १ स्थित बड्कीमा समता फाउन्डेसन नेपालको आयोजनामा र दलित मानव अधिकार रक्षक युनेश परियारको नेतृत्वमा दलित सचेतना कार्यक्रम सम्पन्न भएको छ । समुदायमा दलित मानव अधिकार को अवस्था र २०६८ को ऐन नियमका बिषयमा छलफल भएको दलित मानव अधिकार रक्षक युनेश परियारले जानकारी दिनुभयो ।

न्याय समितिका सदस्य रतिमान बिकको अध्यक्षतामा सम्पन्न भएको उक्त सचेतनामुलक कार्यक्रममा जातिय तथा अन्य सामाजिक भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन,२०६८ को बारेमा जानकारी गराएको दलित मानव अधिकार रक्षक युनेश परियारले बताउनुभयो । उहाँले भन्नुभयो,“ दलितको पहिचानदेखी जात तथा यसभित्रका थरहरु हाम्रो पहिचान हो भन्ने भाव पैदा गराउन र जात तथा थर ढाटेर बस्न नहुने र दलित सब्द साझा आन्दोलन हो भन्ने कुरामा जानकारि गराएको छ । ”

समता फाउन्डेसनले बिगत १३ बर्षदेखि दलित समुदायको हकहितका लागि काम गर्दै आएको र बिशेषगरि अहिले कर्णालीका दशवटैै जिल्लामा ४० जना प्रत्येक जिल्लामा ४ जना मानव अधिकार रक्षकहरु राखेर जातीय छुवाछूत तथा भेदभाव बिरुद्ध दलित मानव अधिकारको रक्षाको लागि काम गरिरहेको समता फाउन्डेसन नेपालकले जनाएको छ । सो कार्यक्रममा इलाका प्रहरी चौकि बड्किका प्रहरी नायब निरीक्षक राम प्रसाद चौलागाईंले दलितका घटना घटेमा तपाईंहरु चुप लागेर नबस्नुहोस बोल्नुहोस त्यसमा प्रहरीको र सहकार्य समन्वय जारी रहने जानकारी दिनुभयो ।

स्थानिय दलित अगुवा नेता तथा हिमा गाउँपालिका न्याय समितिका सदस्य रतिमान बिक ले गैर दलितहरुको थिचोमिचोमा पर्नु हुदैनन् । यहाँका सबै दलित समुदायले आवाज उठाउनु पर्छ । तपाईं एकजनाको समस्या मात्र होइन हामीसबैको साझो समस्या हो । अझै पनि गाउँघरमा छुवाछूत प्रथा कायममै छ । ५० प्रतिशत कम भए पनि ५० प्रतिशत कार्यन्वयमा आएको छ । अब हामीले बोल्नुपर्छ हाम्रो पक्षमा समता फाउन्डेसन र दलित मानव अधिकार रक्षक छ । गाउँपालिका भरि दलितको अबस्था बारे जानकारी र समिति गठन गरिने न्यायिक समितिका संयोजक विकले बताउनुभयो । एक वडामात्रै सिमित नभएर पालिका भरी त्यस्ता कार्यक्रम संचालन गर्ने अति जरुरी रहेको दलित वस्तीका स्थानीयवासि बताउँछन् । दलित सचेतना कार्यक्रममा ३० भन्दा बढी दलित समुदायको सहभागी रहेको थियो ।




तपाईको प्रतिक्रिया