तिलामा कुरिती र लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक नाटक सम्पन्न

पूर्ण चौलागाईं
मंसिर २४ जुम्ला।
जुम्लाको तिला गाउँपालिकामा कुरिती र लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक नाटक सम्पन्न गरिएको छ। लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत सो नाटक प्रदर्शन गरिएको थियो। सीता माबि रारालिहिमा आज उक्त नाटक सम्पन्न गरिएको छ।
समाजमा हुने बालविबाह, बहुबिबाह, लैंगिक हिंसा, घरेलुहिंसा,जारी प्रथा, लागुऔषध दुर्व्यसनी लगायतका विषयमा स्थानीयलाई सचेतना दिने उ्देश्यले उक्त सचेतनामूलक नाटक प्रदर्शन गरिएको तिला गाउँपालिका उपाध्यक्ष गोरिकला बुढाले बताइन्। सो नाटक तिलाका ९ वटा माध्यामिक विद्यालय र मावि नभएका २ वटा गाउँमा प्रदर्शन गरिएको उपाध्यक्ष बुढाको भनाई छ।
तिला गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले समाजमा हुने गरेका कुरीति र कुसंस्कारलाई नाटकको माध्यमद्रारा स्थानीयलाई सचेत बनाउने ठूलो अस्त्र भएको बताए। आज २१ औं शताब्दीमा पनि सामाजमा बालविबाह, बहुबिबाह, लैङ्गिकहिंसा जस्ता कुरीति र कुसंस्कारले जरा गाडेकोले सोको न्युनिकरण गर्नको लागि सदैव अगागी बढिरहने तिला गाउँपालिका महिला तथा बालबालिका शाखा जुम्लाका प्रमुख गौरी थापाले बताइन्।
नाटकको सहकार्य  कि्डाक नेपाल र सर्वोदय नेपालले गरेका थिए भने भेरीखोला मीडिया प्रालि र कर्णालि कला केन्द्रले सहजिकरण गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...