
पूर्ण चौलागाईं जुम्ला।
२०८० सालको <span;>स्व.दिपबहादुर स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार रासस कर्मी बिजय रावतलाई प्रदान गरिएको छ।
कर्णाली जस्तो बिकट जुम्लामा रहि सक्रिय पत्रकारिता गर्दै आएका राससकर्मी तथा हिमालयन टाइम्समा कार्यरत रावतलाइ सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि १० हजारको रहेको छ।पुरस्कृत रावतले आफू पुरस्कृत भएकोमा खुसी ब्यक्त गर्दै उक्त पुरस्कारले आफ्नो पत्रकारिता क्षेत्रलाई थप उर्जा बताए ।
यस बर्ष प्रेस काउन्सिल नेपालले प्रदान गरेको युवा पत्रकारिता पुरस्कारबाट पनि रावत जुम्लाबाट पुरस्कृत भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी तातोपानी गाउपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले यो पुरस्कारले पत्रकारलाई थप उर्जा दिने बताए । साथै नितिनियम संगत आगामी दिनमा गाउपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नेत्र बहादुर शाहीले जुम्लामा कृयाशिल पत्रकारको लागी थप कोसे ढुङ्गा साबित हुने बताए ।साथै शाखा जुम्लाले पनि हिमा गाउपालिका जुम्लाले ५ लाख सहयोग गरेको र सो रकमले पत्रकारिता अक्षय कोषको स्थापना गरि उक्त कोषको ब्याजबाट जुम्लाका कृयाशिल पत्रकार तथा महासंघलाई योगदान पुर्याउने अग्रज पत्रकारलाई परस्कृत गर्ने बताए ।

तातोपानी गाउपालिका वडा न. ६ का वडा अध्यक्ष विशाल खड्काले स्व.दिप बहादुर <span;>प्रतिष्ठानलाई वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
हरेक बर्ष जुम्ला जिल्लामा क्रियाशिल पत्रकारलाई सो पुरस्कार प्रदान गरिने भएको छ।गत साल उक्त पुरस्कार पत्रकार सागर परियारलाई प्रदान गएको थियोे ।
कार्यक्रमका अध्यक्ष सुभाकर बिश्वकर्माले आफ्ना स्वर्गीय बुवाको सम्झनामा सो प्रतिष्ठानको स्थापना गरेको र जुम्लामा मात्र नभई बाके जिल्लामा ५ हजार राशिको कृयाशिल पत्रकारिता पुरस्कार बितारण गरिने




हाम्रो कर्णाली । १५ कार्तिक २०८०, बुधबार १०:४८