पत्रकार महासंघ शाखा जुम्लामा प्रेस चौतारिले गर्यो अनिश्चित कालिन तालाबन्दी

पूर्ण चौलागाईं जुम्ला।
प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लामा अनिश्चित तालाबन्दि गरेको छ । नयाँ सदस्यता वितरण तथा सदस्यता नविकरणमा पूर्वाग्राह भएको भन्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले तालाबन्दि गरेको  अध्यक्ष नौरते नेपालीले बताए ।
पेशागत सुरक्षालाई गौण ठानी संस्थागत छविलाई धमिल्याउने गरी राजनीति घुसाई नेपाल प्रेस युनियन र प्रेस सेन्टरमा आवद्ध भएकाहरुलाई नियम विपरित सदस्यता प्रदान गर्ने र प्रेस चौतारी नेपालमा आवद्धता राख्नेहरुलाई छानिछानि सदस्य नविकरण तथा नयाँ सदस्यता प्रदान गर्ने विषयमा नियत देखिएको हुनाले तालाबन्दि गरिएको अध्यक्ष नेपालिले बताए ।
पत्रकारीताको मर्यदालाइ जोगाई राखेका पत्रकारहरुलाई राजनीतिक कुदृष्टिले संगठित हुने अधिकारबाट बञ्चित गरिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघका सदस्यलाई शुद्धिकरण गर्दै व्यवसायिक तथा श्रमजीवी पत्रकारहरुको साझा र गौरवमय संगठनको रुपमा महासंघलाई विकास गर्न चौतारी दृढ रहेको स्मरण गराईएको छ ।
तर, नेपाल पत्रकार महासंघले निर्धारण गरेको १५ बुँदे मापदण्ड, २०७९ पुष ८ र ९ गते सुर्खेतमा सम्पन्न साधारणसभाबाट गरिएको सर्वसम्मतको निर्णय, श्रमजीवी पत्रकारहरुको संगठनका बिच भएको सहमति र भावना विपरित सदस्यता वितरण तथा नविकरण गरिएको हुनाले तालाबन्दिको स्थितिमा पुग्न बाध्य भएको अध्यक्ष नेपालीको भनाइ छ । महासंघद्धारा सार्वजनिक सूचना र सूचीलाई तत्काल सच्याउन प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले अनुरोध गरेको छ ।

सदस्यता नविकरण तथा वितरणको सार्वजनिक सूची नसच्याएसम्म कडा आन्दोलन गर्न चौतारी तयार रहेको प्रेस विज्ञप्तिमा लेखिएको छ । महासंघले मुल्य, मान्यता, प्रणाली, विधान र नियमावली विपरित वर्तमान नेतृत्वले महासंघको आवश्यकता र औचित्य माथि प्रश्न उठ्ने गरी कदम चालेको प्रेस चौतारी जिल्ला शाखा जुम्लाको ठहर छ ।




तपाईको प्रतिक्रिया