स्थानीय तहका कर्मचारीले गरेको आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको समर्थन

पूर्ण चौलागाईं ।
स्थानीय तहका कर्मचारीले गरेको आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन जुम्ला शाखाले  समर्थन गर्ने भएको छ। स्थानीय तहका कर्मचारीले उठाएका जायज मागहरूलाई तत्काल सम्बोधन गरि यथाशीघ्र संघिय निजामती सेवा ऐन जारी गर्नका लागि सो संगठनले जोडदार माग गरेको हो।
सरकारले आन्दोलनमा रहेका स्थानीय तहका  कर्मचारीका जायज मागहरु छिटो पूरा गर्न पहल चाल्नुपर्ने उक्त संगठनका जिल्ला कार्यसमितिका सचीव उत्तम देबकोटाले बताए ।




तपाईको प्रतिक्रिया